Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

खोखो विश्वकप फाइनलमा भारतसँग हार्‍यो नेपाली महिला टोली

खोखो विश्वकप फाइनलमा भारतसँग हार्‍यो नेपाली महिला टोली

आइतवार , माघ ६, २०८१

काठमाडौं । खो–खो विश्वकपको फाइनलमा नेपाली महिला टोली आयोजक भारतसँग पराजित भएको छ ।

नयाँ दिल्लीमा रहेको इन्दिरा गान्धी इन्डोर स्टेडियममा आज भएको उपाधि प्रतिस्पर्धामा नेपाली महिला टोली ७८–४० ले पराजित भएको हो ।

नेपाली महिला टोली अपराजित रहँदै उपाधि नजिकै पुगेको थियो । नेपाली महिलो टोलीले सेमिफाइनलमा युगान्डालाई र क्वाटरफाइनलमा इरानलाई हराएको थियो ।

यस्तै नेपाली महिला टोलीले समूह चरणको पहिलो खेलमा भुटान, दोस्रो खेलमा जर्मनी, तेस्रो खेलमा श्रीलङ्का र चौथो खेलमा बङ्गलादेशलाई हराएको थियो ।

खो–खो विश्वकप फाइनलको पुरुषतर्फ अहिले बेलुकी ८ बजे भारतसँग खेल्दैछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077