Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

स्कटल्याण्डविरूद्ध टस जितेर ब्याटिङ गर्दै नेपाल

स्कटल्याण्डविरूद्ध टस जितेर ब्याटिङ गर्दै नेपाल

सोमवार , माघ ७, २०८१

काठमाडौं । आईसीसी यू-१९ महिला विश्‍वकपको दोस्रो खेलमा नेपालले स्कटल्याण्डविरुद्ध ब्याटिङ गर्ने भएको छ ।

टस जितेर नेपालकी कप्तान पुजा महतोले पहिले ब्याटिङ गर्ने निर्णय गरेकी हुन् ।

नेपालले पहिलो खेलमा बंगलादेशसँग हार व्यहोरेको थियो । आजको खेल जित्दै सुपर सिक्स सम्भावना बलियो बनाउन चाहनेछ ।

नेपालले आज दुई परिवर्तन गरेको छ । सोनी पाख्रिन र तृष्णा विकको स्थानमा ज्योत्सनिका मरासिनी र कृष्मा गुरूङ टिममा आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077