Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

खो खो विश्वकपको उपविजेता टोली स्वदेश फर्कियो

खो खो विश्वकपको उपविजेता टोली स्वदेश फर्कियो

सोमवार , माघ ७, २०८१

काठमाडौं । खोखो विश्वकपमा महिला र पुरुष दुवैतर्फ उपविजेता बनेको नेपाली टोली सोमबार स्वदेश फर्किएको छ । पहिलो संस्करणमै ऐतिहासिक सफलता हासिल गरेका दुवै टोलीलाई त्रिभुवन विमानस्थलमा खोखो नेपाल संघले भव्य स्वागत गरेको हो ।

नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर हलमा आइतबार राति सम्पन्न फाइनलमा नेपालको महिला र पुरुष दुवै टोली आयोजक भारतसँग पराजित हुँदै उपविजेतामा सीमित भएको थियो ।

महिला टोलीले अपराजित रहँदै फाइनलसम्मको यात्रा तय गरेको थियो। फाइनलमा भने नेपाल भारतीय टिमसँग ७८–४० ले पराजित हुँदै उपविजेता बन्यो।

पुरुषतर्फको फाइनलमा नेपाल आयोजक भारतसँग ५४–३६ अन्तरले पराजित भयो। नेपाल उद्घाटन खेलमा पनि भारतसँग पराजित भएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077