एजेन्सी । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउस पुगेका छन् ।
उनलाई ह्वाइट हाउसमा राष्ट्रपति जो बाइडेन र प्रथम महिला जिल बाइडेनले स्वागत गरेका हुन् ।
ट्रम्प पत्नी मेलानियासहित ह्वाइट हाउस पुगेका छन् । ह्वाइट हाउसमा बाइडेन र ट्रम्पबीच छोटो कुराकानी समेत भएको थियो ।
आज नै सपथ समारोहका लागि दुई राष्ट्रपति नै क्यापिटल रोटुण्डा पुग्ने छन् ।