काठमाडौं । नेकपा एमालेले आज वामदेव गौतमलाई औपचारिक रुपमा पार्टीमा स्वागत गर्ने तयारी गरेको छ ।
अपराह्न चार बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने सचिवालय बैठकमा उनलाई स्वागत गर्न लागिएको हो ।
नेता गौतमको स्वागतसँगै कुन जिम्मेवारी दिने भन्ने विषयमा पनि चर्चा गरिनेछ।
साथै, आजको बैठकमा यहीँ १८ गतेलाई आह्वान भएको संसद्को हिउँदे अधिवेशनसँगै समसामयिक राजनीति कुराबारे पनि चर्चा गरिने जनाइएको छ।