काठमाडौं । सरकारले आज ‘सगरमाथा संवाद’ घोषणा गर्दैछ ।
दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सगरमाथा हलबाट प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यक्रम घोषणा गर्न लागेका हुन् ।
पहिलो पटक हुन लागेको सगरमाथा संवादको विषय ‘जलवायु परिवर्तन, पर्वतीय र मानवीय भविष्य’ रहेको छ ।
जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि विश्वका विभिन्न मुलुकबीच समान धारणा बनाउन कार्यक्रम आयोजना गरिएको बताइएको छ ।