Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

काठमाडौंका यी स्थानमा जानेछ आज बिजुली

काठमाडौंका यी स्थानमा जानेछ आज बिजुली

बुधवार , माघ ९, २०८१

काठमाडौं । काठमाडौं उपत्यकामा आजदेखि दैनिक पाँच घण्टा विद्युत् अवरुद्ध हुने भएको छ ।

नेपाल विद्युत् प्राधिकरणले मंगलबार एक सूचना प्रकाशित गरी कुलेश्वर, बानेश्वर, जोरपाटी र कीर्तिपुर वितरण केन्द्र अन्तर्गतका विद्युतीय वितरणलाइन भूमिगत गर्ने कार्यको लागि विद्युत् अवरुद्ध लागिएको जानकारी गराएको हो ।

बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणको सूचनामा उल्लेख छ ।

प्राधिकरणका अनुसार विद्युत् अवरुद्ध आजदेखि १८ गतेसम्म हुनेछ ।

आज कलंकी फिडर (कुलेश्वर) अन्तर्गत मालपोत कार्यालय वरिपरिका क्षेत्रमा विद्युत् अवरुद्ध हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077