Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

यू-१९ महिला विश्वकपमा नेपालले आज अस्ट्रेलियासँग खेल्दै

यू-१९ महिला विश्वकपमा नेपालले आज अस्ट्रेलियासँग खेल्दै

बुधवार , माघ ९, २०८१

काठमाडौं । मलेसियामा जारी आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेटमा नेपालले आज अस्ट्रेलियासँग खेल्दैछ ।

यो खेल मलेसियाको बाङ्गीमा रहेको यूकेएम क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो सवा १२ बजेदेखि शुरू हुनेछ ।

नेपाल आफ्नो पहिलो खेलमा बङ्गलादेशसँग ५ विकेट र दोस्रो खेलमा स्कटल्याण्डसँग एक विकेटले पराजित भएको थियो । १६ वटा टोली सहभागी रहेको १९ वर्षमुनिको महिला विश्वकपमा नेपाल समूह ‘डी’ मा छ ।

यसअघि दुई खेलमा पराजित नेपाललाई सुपर सिक्समा पुग्न आजको आफ्नो तेस्रो खेलमा जीत र आज बिहान हुने बङ्गलादेश र स्कटल्याण्डबीचको खेलको नतिजामा समेत भर पर्नेछ ।

अस्ट्रेलियासँग जीत र बङ्गलादेशले पनि स्कटल्याण्डलाई हराउन सकेमा नेपाल सुपर सिक्समा पुग्नेछ । नेपाल अहिलेसम्म अङ्कविहीन छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077