Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

चारवटा संसदीय समितिको बैठक बस्दै, के-के छन् एजेन्डा ?

चारवटा संसदीय समितिको बैठक बस्दै, के-के छन् एजेन्डा ?

बुधवार , माघ ९, २०८१

काठमाडौं । संघीय संसद अन्तर्गत विभिन्न चारवटा समितिको बैठक आज बस्दैछ । संसद सचिवालयका अनुसार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, पूर्वाधार विकास समिति, सार्वजनिक लेखा समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो ।

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा नेपालमा हिउँदको समयमा हुने डढेलो प्रकोपको क्षति न्यूनीकरण पूर्वतयारीका सम्बन्धमा सरोकारवाला निकायहरूसँग छलफल गर्ने कार्यसूची रहेको छ ।

यस्तै, पूर्वाधार विकास समितिको बैठक पनि बिहान ११ बजे नै सिंहदरबारमा बस्नेछ । बैठकमा जलस्रोत विधेयक, २०८१ माथि दफावार छलफल गर्ने तयारी छ ।

यसैगरी, सार्वजनिक लेखा समिति बैठक बिहान ११ बजे समितिको बैठक कक्ष सिंहदरबारमा बस्नेछ । बैठकमा सिमेन्ट उत्पादन तथा बजार मूल्य सम्बन्धमा छलफल हुनेछ ।

विधायन व्यवस्थापन समितिको बैठक बिहान साढे ११ बजे सिंहदरबारमा सुरु हुनेछ । बैठकमा तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि दफावार छलफल गर्ने तयारी रहेको संसद सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077