काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन्।
स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री ओली कार्यक्रमहरूमा सहभागी भएका छैनन् ।
उनले निवास बालुवाटारमा आराम गरिरहेका छन्। प्रधानमन्त्री ओलीको स्वर भासिएको सचिवालय स्रोतले बतायो ।
प्रधानमन्त्री ओली बुधबार सशस्त्र प्रहरी दिवसका अवसरमा आयोजित कार्यक्रममा सहभागी हुने भने पनि स्वास्थ्यमा समस्या देखिएपछि निवासमै आराम गरेका हुन्।