Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

विष्णु पौडेलको आरोप - भीम रावल अराजकतावादी मान्छे हुन्

विष्णु पौडेलको आरोप - भीम रावल अराजकतावादी मान्छे हुन्

बुधवार , माघ ९, २०८१

कास्की । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पार्टीबाट निष्कासित पूर्व उपाध्यक्ष भीम रावललाई अराजकतावादी भनेका छन् ।

बुधवार कास्की एमालेले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री समेत रहेका पौडेलले यस्तो भनेका हुन् ।
‘भीम रावल सम्पूर्ण रूपमा अराजकतावादी मान्छे हुन् ।

भीम रावलका सन्दर्भमा एमालेभित्र कसैले पनि भ्रम राख्न जरुरी छैन,’ पौडेलले भने, ‘यस्ता अराजक, व्यक्तिगत स्वार्थमा चल्ने व्यक्तिलाई कारबाही गर्दा पार्टीको हित नै भएको छ।’

भीम रावलमाथिको कारबाहीले पार्टीलाई कहिँकतै क्षति नपुगेको समेत उनले दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077