Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

एमाले अछामले चलायो कारबाहीको डण्डा, प्रकाश शाहसहित ६ नेता निष्कासित

एमाले अछामले चलायो कारबाहीको डण्डा, प्रकाश शाहसहित ६ नेता निष्कासित

बुधवार , माघ ९, २०८१

अछाम । नेकपा एमाले अछामले डा. भीम रावलको पक्षमा लाग्ने नेताहरुलाई कारबाही गरेको छ ।

एमाले अछामले बुधबार विज्ञप्ति जारी गर्दै जिल्ला सचिवालय सदस्य तथा संगठन विभाग प्रमुख प्रकाश शाहसहित ६ जना नेतालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासित गरेको हो ।

उनीहरु पार्टीबाट निष्कासित पूर्वउपाध्यक्ष भीम रावलको पक्षमा सक्रिय रुपमा देखिएका छन् ।

जिल्ला अध्यक्ष चन्द्र बोहरा र सचिव भीम रावलद्वारा हस्ताक्षरित विज्ञप्तिमा जिल्ला सचिवालय सदस्य तथा संगठन विभाग प्रमुख प्रकाश शाह, सचिवालय सदस्य सागर सिंह बाव्ली, जिल्ला कमिटी सदस्य बल बहादुर कुँवर, शंकर भुल, रतन बहादुर रावल र साँफेबगर नगर कमिटीका अध्यक्ष ढकेन्द्र कुँवरलाई पार्टीबाट निष्कासित गरिएको उल्लेख छ ।

उनीहरु नेतृत्व विरुद्ध नाराबाजी गर्नुका साथै मातृभूमि अभियानमा लागेका छन् । अहिले एमालेबाट निष्कासित नेता डा. रावल अछाममा मातृभूमि अभियान सञ्चालन गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077