Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

महाराष्ट्रमा रेल दुर्घटना : तीन नेपालीसहित ११ जनाको मृत्यु

महाराष्ट्रमा रेल दुर्घटना : तीन नेपालीसहित ११ जनाको मृत्यु

बिहिवार , माघ १०, २०८१

काठमाडौं । भारतको महाराष्ट्रस्थित जलगाउँमा भएको रेल दुर्घटना तीन नेपालीको पनि मृत्यु भएको छ ।

लखनऊबाट मुम्बई जाँदै गरेको रेल जलगाउँको रेलवे ट्र्याकमा हिजो दुर्घटनामा परेको थियो । सो दुर्घटनामा तीन नेपालीसहित ११ जनाको मृत्यु भएको हो । दुर्घटनामा ४० जनाभन्दा धेरै घाइते भएका छन् ।

दुर्घटनामा ज्यान गुमाउनेमध्ये सात जनाको मात्रै पहिचान भएको छ । जसमा तीन नेपाली छन् ।

दैनिक भास्करको रिपोर्टअनुसार ज्यान गुमाउनेमा ११ वर्षीय नन्दराम विश्वकर्मा, २३ वर्षीय लच्छी राम पासी र ४३ वर्षीया कमला भण्डारी रहेका छन् ।

बाँकी चार जना भारतीय हुन् । अरू मृतकको सनाखत हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077