एजेन्सी । विक्की कौशल र रश्मिका मन्दाना स्टारर फिल्म ‘छावा’को एक्सनप्रधान ट्रेलर सार्वजनिक भएको छ।
३ मिनेट ८ सेकेन्डको ट्रेलरमा विक्की र अक्षय दुवैको दमदार प्रदर्शन देख्न सकिन्छ । यो फिल्म १४ फेब्रुअरी २०२५ मा हलमा प्रदर्शन तयारीमा छ ।
शिवाजी सावन्तको मराठी उपन्यास ‘छावा’मा आधारित फिल्ममा विक्की मराठा राजा छत्रपति संभाजी महाराजको भूमिकामा देखिनेछन् ।
लक्ष्मण उतेकर निर्देशित फिल्ममा अक्षय खन्नाले मुगल शासक औरंगजेबको भूमिका निर्वाह गरेका छन् ।
फिल्ममा आशुतोष राना, दिव्या दत्त, नील भूपलम, सन्तोष जुवेकर र प्रदीप रावतको पनि महत्वपूर्ण भूमिका छ ।
फिल्ममा रश्मिकाले मराठा साम्राज्यकी रानी येसुबाईको भूमिका निर्वाह गरेकी छन् । म्याडक फिल्म्सले ‘छावा’ निर्माण गरेको हो ।
संगीत एआर रहमानले दिएका छन् । छायांकन सौरभ गोस्वामीले गरेका छन् भने सम्पादन मनिष प्रधानले गरेका छन् ।