Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

गृहमन्त्री लेखक र एडीबीका प्रतिनिधि कोस्वाबीच भेटवार्ता

गृहमन्त्री लेखक र एडीबीका प्रतिनिधि कोस्वाबीच भेटवार्ता

बिहिवार , माघ १०, २०८१

काठमाडौं । गृहमन्त्री रमेश लेखक र एसियाली विकास बैंक (एडीबी)का नेपाल प्रतिनिधि निर्देशक आर्नो कोस्वाबीच भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित गृह मन्त्रालयमा उनीहरुबीच भेटवार्तामा भएको हो । भेटमा गृहमन्त्री लेखकले भौतिक पूर्वाधार निर्माणमा एडीबीले पुर्‍याएको योगदानप्रति धन्यवाद ज्ञापन गरे।

साथै, गृहमन्त्री लेखकले पूर्व–पश्चिम राजमार्गको गड्डाचौकी–कोहलपुर खण्ड स्तरोनन्ती, सुदूरपश्चिमको महत्त्वपूर्ण व्यापारिक नाकाका रूपमा विकास गर्न थालिएको महाकाली कोरिडोरको सडक निर्माणमा सहयोग गर्न आग्रह गरे ।

कैलालीको गोदावरीदेखि डडेल्धुरासम्मको सडक स्तरोन्नती, भारतीय सहयोगमा निर्माणको प्रक्रियामा रहेको दोधारा चादँनी सुख्खा बन्दरगाह वरपर अन्य भौतिक संरचना निर्माण गरी नमूना सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्न एडीबीसित आग्रह गरे ।

एडीबीका निर्देशक आर्नो कोस्वाले उक्त विषयमा एडीबीको माथिल्लो तहसित छलफल गरी जवाफ दिने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077