Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

अस्ट्रेलियाका रोस बने नेपाली फुटबल टोलीको प्रशिक्षक

अस्ट्रेलियाका रोस बने नेपाली फुटबल टोलीको प्रशिक्षक

बिहिवार , माघ १०, २०८१

काठमाडौँ । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको प्रशिक्षकमा अस्ट्रेलियाका म्याट रोस नियुक्त भएका छन् ।

अखिल नेपाल फुटबल संघले प्रशिक्षकका लागि आवेदन परेको विभिन्न देशका प्रशिक्षकहरूबाट रोसलाई छनोट गरेको हो । एन्फाले रोसको नियुक्तिलाई छिट्टै औपचारिकता दिन बाँकी रहेको जनाएको छ ।

रोस आफ्नो परिवारसहित नेपाल आएका छन् । रोस बिहीबार कांग्रेस सभापति कप नकआउट फुटबल हेर्न दशरथ रङ्गशाला समेत पुगेका थिए ।

रोसले नेपाली प्रशिक्षक बन्ने दौडको अन्तिम सुचीमा रहेका स्पेनका युयान्डे रामोस, स्पेनकै युलियन गुइएरो, फ्रान्सका रेने लोबेलो र इङ्ल्यान्डका जेमी डेलाई पछि पार्दै बाजी मारे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077