Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

पूर्वमुख्यमन्त्रीलाई हातपात गर्ने दुईजना जनही २५ सय धरौटीमा छुटे

पूर्वमुख्यमन्त्रीलाई हातपात गर्ने दुईजना जनही २५ सय धरौटीमा छुटे

बिहिवार , माघ १०, २०८१

काठमाडौं । कोसी प्रदेशका पूर्वमुख्यमन्त्री उद्धव थापामाथि हातपात गर्ने दुवैजना छुटेका छन् ।

गत शनिबार झापाको सुरुङ्गामा गाडी ओभरटेक गर्ने विषयमा विवाद हुँदा नेपाली कांग्रेस संसदीय दलका नेता समेत रहेका थापामाथि हातपात गर्ने नेपाल विद्युत् प्राधिकरणका सवारी चालक र सहयोगी धरौटीमा छुटेका हुन् ।

उनीहरु जनही २ हजार ५ सय रुपैयाँ धरौटीमा रिहा भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

शिवसताक्षी नगरपालिका ११ का ४९ वर्षीय भक्तबहादुर कटुवाल र कनकाई नगरपालिका ३ का ४२ वर्षीय पृथ्वी श्रेष्ठलाई पक्राउ गरी जिल्ला प्रशासन कार्यालयबाट अभद्र व्यवहारमा मुद्दा चलाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077