Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

यू-१९ महिला विश्वकप प्लेअफमा नेपालले आज मलेसियासँग भिड्दै

यू-१९ महिला विश्वकप प्लेअफमा नेपालले आज मलेसियासँग भिड्दै

शुक्रवार , माघ ११, २०८१

काठमाडौं । आईसीसी यू १९ महिला टी–२० विश्वकपमा नेपालले आज आयोजक मलेसियासँग खेल्दै छ ।

खेल मलेसियाको जोहोर एकेडेमी क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो सवा १२ बजेदेखि शुरू हुनेछ । नेपाल र मलेसिया दुवै समूह चरणबाट बाहिरिसकेका छन् ।

मलेसिया समूह ‘ए’ को तथा नेपाल समूह ‘डी’ को चौथो स्थानका रूपमा प्लेअफमा आज खेल्न लागेका हुन् । पहिलोपटक विश्वकप खेलेको मलेसिया आयोजक टोली भएकाले सीधै विश्वकपमा स्थान बनाएको थियो ।

नेपालले एशिया छनोट जितेर विश्वकपमा प्रवेश गरेको थियो । यो विश्वकपको समूह चरणमा नेपाल, बङ्गलादेश, स्कटल्याण्ड र अस्ट्रेलियासँग पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077