Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

यू-१९ महिला विश्‍वकप : पुजा महतो बनिन् सर्वाधिक विकेट लिने बलर

यू-१९ महिला विश्‍वकप : पुजा महतो बनिन् सर्वाधिक विकेट लिने बलर

शुक्रवार , माघ ११, २०८१

काठमाडौं । आईसीसी यू-१९ महिला विश्‍वकपमा नेपाली यू-१९ महिला क्रिकेट टिमकी कप्तान पुजा महतो सर्वाधिक विकेट लिने बलर बनेकी छन् ।

मलेसियासँगको प्लेअफ खेलमा ४ विकेट लिँदै उनी हालको अवस्थामा सर्वाधिक विकेट टेकरको शीर्षमा उक्लिएकी हुन ।

पुजाले ४ खेलमा ९ विकेट लिइन् । लिस्टको दोस्रो स्थानमा श्रीलंकाकी चमुदी प्रबोदा ७ विकेटका साथ छन् ।

तेस्रो स्थानमा स्कटल्याण्डकी मासी माइकेरा, चौथो र पाँचौंमा भारतका वैष्णवी शर्मा र आयुषी शुक्ला छन्।

अब सुपर सिक्सदेखि सेमिफाइनलका खेलहरू बाँकी नै भएकाले अन्य खेलाडीहरू सूचीमा माथि आउनेछन्।

हालका लागि पुजा शीर्षस्थानमा छिन्। मलेसियालाई नेपालले ४५ रनमा अलआउट गरेको छ ।

पुजाले ३.५ ओभरमा ९ रन दिएर ४ विकेट लिइन् । नेपाललाई आज सान्त्वना जित निकाल्ने अवसर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077