Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

प्रधानमन्त्री ओलीले गरे बगनासकाली गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन

प्रधानमन्त्री ओलीले गरे बगनासकाली गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन

शुक्रवार , माघ ११, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पाल्पाको बगनासकाली गाउँपालिकाको प्रशासकीय भवनको आज भर्चुअलरुपमा उद्घाटन गरेका छन् ।

स्वास्थ्यमा समस्या आएर त्यहाँ जान नसकेपछि प्रधानमन्त्री अ‍ोलीले बालुवाटारस्थित सरकारी निवासबाटै सम्बोधनसहित भवनको उद्घाटन गरेका हुन् ।

प्रधानमन्त्री ओलीले ऊर्बर भूमि बगनासकाली गाउँपालिकाको कार्यक्रमस्थल चिर्तुङ्गधारामा आउने र पाल्पाली जनतासँग भेटघाट गर्ने चाहना हुँदाहुँदै रुघाखोकी लागेका कारण प्रत्यक्षरुपमा उपस्थित हुन असमर्थ भएको जनाए ।

प्रधानमन्त्री ओलीले प्रशासकीय भवनबाट स्थानीय जनताले अझ राम्रो गरी सेवा पाइ र नयाँ अनुभूति मिल्ने गरी काम गर्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077