Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

नेपाल प्रहरीका २५ एसएसपीको पदस्थापन

नेपाल प्रहरीका २५ एसएसपीको पदस्थापन

शुक्रवार , माघ ११, २०८१

काठमाडौँ । गृह मन्त्रालयले हालै बढुवा भएका नेपाल प्रहरीका २५ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरूको पदस्थापन गरेको छ ।

जस अनुसार रमेश थापालाई बागमती प्रदेश प्रहरी कार्यालयमा पदस्थापन गरेर आईजीपीको सचिवालयमा काज सरुवा गरिएको छ ।

त्यस्तै साइबर ब्युरोमा अजय केसी, अनुपमशम्शेर जबरालाई मानव श्रोत विकाश विभाग, वीरबहादुर बुढाको सुदुरपश्चिम प्रदेश , नवराज अधिकारीलाई उपत्यका प्रहरी

कार्यालय र कृष्ण कोइरालालाई प्रधान कार्यालय स्थित सुपरिवेक्षण तथा अनुगमन महाशाखामा पदस्थापन गरिएको भने होविन्द्र बोगटीलाई सीआईबी, विनोद सिलवाललाई राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय र रन्जु सिग्देललाई महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालयमा पदस्थापन गरिएको छ ।

गण्डकी प्रदेशमा  सन्तोष खड्कालाई  पदस्थापन गरेर विशेष ब्युरोमा काज सरुवा गरिएको छ  ।

एसएसपीहरूको पदस्थापन

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077