Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

प्रधानमन्त्री कप महिला क्रिकेट : उपाधिका लागि आज सुदूरपश्चिम र एपीएफ भिड्दै

प्रधानमन्त्री कप महिला क्रिकेट : उपाधिका लागि आज सुदूरपश्चिम र एपीएफ भिड्दै

शनिवार , माघ १२, २०८१

काठमाडौं । धनगढीमा जारी प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज सुदूरपश्चिम प्रदेश र एपीएफ क्लब खेल्दैछन् ।

खेल बिहान १० बजे शुरू हुनेछ । हिजो सम्पन्न सुपर फोरको अन्तिम खेलमा बाग्मती प्रदेशलाई ३० रनले हराएर सुदूरपश्चिम फाइनलमा पुगेको हो ।

त्यसअघि हिजै भएको सुपर फोरको पहिलो खेलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई ६९ रनले हराएर फाइनलमा पुगेको हो ।

प्रतियोगिताको उपाधि विजेताले पाँच लाख, उपविजेताले तीन लाख, प्लेयर अफ द सिरिजले ५० हजार, बेस्ट ब्याटर र बेस्ट बलरले २५–२५ हजार रूपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । यही माघ १ गतेदेखि शुरू भएको प्रतियोगितामा १२ टोलीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077