Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

जसपाको केन्द्रीय समिति बैठक पर्सामा सुरु

जसपाको केन्द्रीय समिति बैठक पर्सामा सुरु

शनिवार , माघ १२, २०८१

पर्सा । जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय समिति बैठक सुरु भएको छ।

पर्साको वीरगञ्ज स्थित पुजन होटलमा केन्द्रीय अध्यक्ष अशोककुमार राईको अध्यक्षतामा केन्द्रीय समितिको बैठक सुरू भएको हो ।

बैठकमा समसामयिक राजनीतिक, संगठनात्मक तथा समसामयिक विषयहरूमा गहन छलफल, पार्टीको भावी रणनीति र मधेशका मुद्दासम्बन्धी विषयमा विशेष छलफल हुने बताइएको छ ।

बैठकमा केन्द्रीय अध्यक्ष अशोककुमार राई, संघीय परिषद अध्यक्ष राजेन्द्र श्रेष्ठ, सह अध्यक्ष रेणुकुमारी यादव, उपाध्यक्ष नवलकिशोर साह सुडी, उपमहासचिव प्रदीप यादव, उपाध्यक्ष शुशीला श्रेष्ठ, उपाध्यक्ष रन्ध्वजकन्दनवा लिम्बु, महासचिव मोहम्मद इश्तियाक राई, सचिव बिरेन्द्र महतो, कोषाध्यक्ष रञ्जु झाको सहभागी छन्।

बैठक आज र भोली गरी दुई दिन सम्म सञ्चालन हुनेछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077