धनगढी । कैलालीमा नेकपा एमालेका तीन सय ५८ जना डा. भीम रावलले सुरु गरेको मातृभूमि जागरण अभियानमा लागेका छन् ।
शनिबार पत्रकार सम्मेलन गर्दै सुदूरपश्चिमका पूर्वसामाजिक विकासमन्त्री कृष्णराज सुवेदी, जिल्ला कमिटी सदस्य भिष्मराज सुवेदीसहित तीन सय ५८ जनाले एमाले परित्याग गर्दै रावलको अभियानलाई साथ दिएको जानकारी गराएका हुन् ।
पूर्वमन्त्री सुवेदीका अनुसार गोदावरी नगरपालिका र गौरीगंगा नगरपालिकाका तीन सय ५८ जनाले एमाले परित्याग गर्दै रावलको अभियानलाई साथ दिएका हुन् ।
पूर्वमन्त्री सुवेदी र उनका छोरालाई एमाले कैलालीले यसअघि नै रावलको अभियानमा जोडिएको भन्दै कारबाही गरिसकेको छ ।