काठमाडौँ । नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीको २३औँ राष्ट्रिय सम्मेलन अन्तर्गत शनिवार निर्वाचन सकिएको छ ।
सो निर्वाचनमा १९१५ मत खसेको छ । कुल मतदाता २३९८ रहेको सो सङ्गठनका सात प्रदेश, विशेष र विश्वविद्यालय अन्तर्गत भएको निर्वाचनमा १९९५ मत खसेको हो ।
योसँगै केही प्रदेशमा मतगणना सुरु भइसकेको छ । लुम्बिनी प्रदेश र सुदूरपश्चिममा अहिले मतगणना जारी छ । अखिल क्रान्तिकारीमा नेतृत्वका लागि ८ गते मनोनयन दर्ता भएको थियो भने आज मतदान भएको थियो।
अखिल क्रान्तिकारीमा अध्यक्षका लागि उपदेशकुमार यादव, सुदिन पौडेल, हेमन्त राई र विजयप्रकाश शर्मा प्रतिस्पर्धामा छन्।अध्यक्ष, महासचिव लगायतका पदमा सहमति हुन नसकेपछि आज मतदान भएको थियो।