Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

अछामको एक जंगलमा दुई किशोरी मृत फेला, अनुसन्धान गर्दै प्रहरी

अछामको एक जंगलमा दुई किशोरी मृत फेला, अनुसन्धान गर्दै प्रहरी

शनिवार , माघ १२, २०८१

अछाम । अछामको एक जंगलमा दुई किशोरी मृत अवस्थामा भेटिएकी छन् ।

शनिबार जिल्लाको ढकारी गाँउपालिका-१ को छिन्ने वडार जंगलमा बाख्रा चराउन गएकी दुई किशोरी मृत फेला परेकी हुन् ।

प्रहरीका अनुसार गाउँपालिकाको वडा नम्बर ८ पल्साँताका सरस्वति खड्का र ईश्वरी खड्का शनिबार मृत अवस्थामा फेला परेकी छन् ।

उनीहरु दुवै शुक्रबार बाख्रा चराउन छिन्ने वडार जंगलमा गएकी थिइन् । तर घर भने फर्केका थिएनन् ।

तर उनीहरु सोही जंगलमा मृत भेटिएको प्रहरीले जनाएको छ । घटनाको कारण खुल्न सकेको छैन । प्रहरीले अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077