Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

कांग्रेस संसदीय दलको बैठक बस्दै, के-के छन् एजेन्डा ?

कांग्रेस संसदीय दलको बैठक बस्दै, के-के छन् एजेन्डा ?

आइतवार , माघ १३, २०८१

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दैछ । आइतबार दिउँसो २ बजे संघीय संसद् भवनको नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बस्ने गरी बैठक बोलाइएको हो ।

संसद्‌मा विचाराधीन विधेयकमा छलफलसहितका विषयमा छलफल गर्न कांग्रेसले संसदीय दलको बैठक बोलाएको बताइएको छ ।
संसदीय दलको बैठकमा पार्टीका आन्तरिक जीवनमा देखिएका र सुधार गर्नुपर्ने विषयवस्तु भए सघन रूपमा सांसदका बीचमा छलफल गरी निष्कर्षमा पुर्‍याउने कांग्रेसको तयारी छ ।

यसअघि शनिबार बसेको पदाधिकारी, पूर्वपदाधिकारी र संसदीय दल कार्यसमितिको बैठकले संसद्को आउँदो अधिवेशनमा पार्टी एउटै आवाज र एकढिका भएर प्रस्तुत हुने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077