Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

राप्रपा केन्द्रीय समिति बैठक आज पनि बस्दै

राप्रपा केन्द्रीय समिति बैठक आज पनि बस्दै

आइतवार , माघ १३, २०८१

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ ।

गत शुक्रबारदेखि काठमाडौंको धुम्बाराहीस्थित एक ब्याङ्क्वेटमा जारी बैठक हिजोसम्मका लागि तय गरिएको भएपनि सदस्यहरूको बोल्ने क्रम नसकिएकाले आजसम्म लम्बिएको हो ।

बोल्न बाँकी सदस्यहरूले आजको बैठकमा धारणा राख्नेछन् ।

जारी बैठकमा पछिल्लो समसामयिक राजनीति, पार्टीको आन्तरिक र साङ्गठनिक परिस्थिति, वैशाख मसान्तसम्ममा सबै जिल्ला अधिवेशन गर्ने लगायतका विषयमा छलफल भइरहेको जनाइएको छ ।

अध्यक्ष राजेन्द्र लिङदेनले प्रस्तुत गरेको भावी राजनीतिक दिशासहित साङ्गठनिक अवस्था र जिल्ला अधिवेशनका बारेमा छलफल जारी रहने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077