Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

अखिल क्रान्तिकारीको मतगणना रोकियो

अखिल क्रान्तिकारीको मतगणना रोकियो

आइतवार , माघ १३, २०८१

काठमाडौं । अखिल क्रान्तिकारीको मतगणनामा विवाद भएको छ । शनिबार सम्पन्न निर्वाचनमा कालो मसीले मतदान भएको भन्दै उम्मेदवारका प्रतिनिधिहरूले विरोध गरेपछि गएराति अबेरदेखि मतगणना रोकिएको हो ।

निर्वाचनका लागि रातो साइनपेन राखिएको थियो । तर कालोले पनि मतदान गरेको पाइएपछि विवाद भएको हो ।

अध्यक्षका उम्मेदवार विजय सापकोटा पक्षले कालो मसीलाई मान्यता दिनुपर्ने भने पनि उपदेश यादव पक्ष असहमत देखिएको बताइएको छ ।

विशेष प्रदेश, विश्वविद्यालय प्रदेश र मधेश प्रदेशमा क्रमशः २६४, २५८ र १९५ मत खसेको छ । अब विशेष प्रदेश र विश्वविद्यालय प्रदेशको मतगणना हुन बाँकी रहेको निर्वाचन समितिले जनाएको छ।

रातिसम्मको मतपरिणाम अनुसार अखिल क्रान्तिकारीको अध्यक्षमा विजय प्रकाश सापकोटा र हेमन्त राईबीच कडा प्रतिस्पर्धा देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077