Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

सभामुख घिमिरेले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक

सभामुख घिमिरेले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक

आइतवार , माघ १३, २०८१

काठमाडौं । सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।

सभामुख घिमिरेले बुधबार दिउँसो १ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् ।

बैठकमा माघ १८ गते बस्ने संसद्को हिउँदे अधिवेशनको तयारीका विषयमा छलफल हुनेछ ।

कार्यव्यवस्था परामर्श समितिको बैठक अगाडि सभामुख घिमिरेले राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गर्दैछन् ।

आइतबार र सोमबार सत्तापक्ष र प्रतिपक्षका सचेतकहरूसँग छुट्टा छुट्टै छलफल गर्न लागेका सभामुख घिमिरेले सोमबार प्रमुख पाँच दलका सचेतकहरूसँग सामूहिक छलफल गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077