Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

अर्थतन्त्र चलायमान बनाउन अध्यादेश ल्याएका हौं : अर्थमन्त्री पौडेल

अर्थतन्त्र चलायमान बनाउन अध्यादेश ल्याएका हौं : अर्थमन्त्री पौडेल

आइतवार , माघ १३, २०८१

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्र चलायमान बनाउन अध्यादेश ल्याएको बताएका छन्।

आज विश्व भन्सार दिवसको अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले सो कुरा बताएका हुन्।

सरकारले अर्थतन्त्र चलायमान बनाउन, उत्पादन, उत्पादकत्व र जिडिपी वृद्धि गर्नका निम्ति अध्यादेश ल्याएको उनले बताए।

सरकार विशेष परिस्थितिमा बनेकोले आफ्नो अभिभारा पूरा गर्ने अर्थमन्त्री पौडेलले दाबी गरे ।

उनले निजी क्षेत्रले सरकारले ल्याएका अध्यादेशहरूलाई सकारात्मक रूपमा लिएको उल्लेख गर्दै यस्ता कदमहरू सरकारले आगामी दिनमा पनि अघि बढाउने बताए ।

अर्थमन्त्री पौडेलले सरकारले अर्थतन्त्र चलायमान बनाउन चालेका कदमहरू अन्तिम नभएको र आगामी दिनमा अझ बढी काम गर्दै जाने बताए ।

निराशा, अविश्वास र शिथिलताबाट नागरिकलाई मुक्त गर्नुपर्ने दायित्व सरकारसँग रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077