Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

भुटानी शरणार्थी प्रकरण : थुनामा रहेका तत्कालीन सचिव पाण्डेले दिए बन्दी प्रत्‍यक्षीकरणको रिट

भुटानी शरणार्थी प्रकरण : थुनामा रहेका तत्कालीन सचिव पाण्डेले दिए बन्दी प्रत्‍यक्षीकरणको रिट

आइतवार , माघ १३, २०८१

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका तत्कालीन सचिव टेकनारायण पाण्डेले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता गराएका छन् ।

गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै तत्कालीन सचिव पाण्डेले श्रीमती मञ्जु पाण्डेमार्फत सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता गराएका हुन् ।

पाण्डेको हकमा उनकी श्रीमती मञ्जुले शुक्रबार सर्वोच्चमा रिट दायर गरेकी थिइन्। आइतबार सचिव पाण्डेको रिट निवेदन प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा परेको थियो।

तर रिट प्रधानन्यायाधीशले हेर्न नमिल्नेमा राखेका छन्। अर्को पेसी सोमबारका लागि राखिएको छ।

बन्दीप्रत्यक्षीकरणको रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय, काठमाडौं जिल्ला अदालत, महान्यायाधिवक्ता कार्यालय, जिल्ला सरकारी वकिलको कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंलाई विपक्षी बनाइएको छ।

२०८० असार १ गते जिल्ला अदालत काठमाडौंले उनीसहित १६ जनालाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको थियो। नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको प्रकरणमा उनी पनि मुझिएका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077