Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

त्रिदेशीय टी–२० क्रिकेट शृंखला खेल्ने नेपाली महिला टोली घोषणा

त्रिदेशीय टी–२० क्रिकेट शृंखला खेल्ने नेपाली महिला टोली घोषणा

आइतवार , माघ १३, २०८१

काठमाडौं । नेपालसहित तीन देश सम्मिलित महिला ट्वान्टी–२० क्रिकेट श्रृंखलाका लागि नेपाली टोलीको घोषणा गरिएको छ ।

नेपाल क्रिकेट संघले आइतबार इन्दु बर्माको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो ।

शृंखला आउँदो बिहीबारदेखि काठमाडौंमा सुरू हुनेछ । श्रृंखलामा नेपाल, नेदरल्यान्ड्स र थाइल्यान्ड छन् ।

जनवरी ३० देखि फेब्रुअरी ७ सम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने श्रृंखलामा सबै टोलीले एक अर्कासँग तीन–तीन खेल खेल्ने छन् ।

यस्तो छ नेपाली टोली :

इन्दु बर्मा (कप्तान), रुबिना क्षेत्री, सीता रानामगर, पूजा महतो, विन्दु रावल, रेवती धामी, कविता कुँवर, सम्झना खड्का, ममता चौधरी, राजमती ऐरी, कविता जोशी, अलिशाकुमारी यादव, रोमा थापा, मनिषा उपाध्याय र ईश्वरी विष्ट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077