Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

एक करोड धरौटी बुझाएर छुटे पूर्व गृहमन्त्री रवि

एक करोड धरौटी बुझाएर छुटे पूर्व गृहमन्त्री रवि

आइतवार , माघ १३, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने १ करोड रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् ।

लामिछानेले बैंक ग्यारेन्टीमार्फत १ करोड रुपैयाँ धरौटी बुझाएका हुन् ।

आइतबार जिल्ला अदालत रुपन्देहीका न्यायाधीश प्रल्हाद कुमार योगीको इजलासले सुप्रिम सहकारी ठगी प्रकरण लामिछानेलाई १ करोड धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

सुप्रिम सहकारीको रकम संगठित ठगीमा रविसहित २२ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालतमा पूरक अभियोगपत्र दर्ता गरिएको थियो । पूरक अभियोगमा ५५ करोड ५९ लाख ८३ हजार ८ सय ४२ रूपैयाँ बिगो मागदाबी गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077