Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

मेयर हर्क साम्पाङलाई कारबाही गर्न पत्रकार महासंघको माग

मेयर हर्क साम्पाङलाई कारबाही गर्न पत्रकार महासंघको माग

सोमवार , माघ १४, २०८१

काठमाडौं । नेपाल पत्रकार महासंघले धरानका मेयर हर्क साम्पाङलाई कारबाही गर्न गृहमन्त्री रमेश लेखकसमक्ष माग गरेको छ ।

महासंघकी अध्यक्ष निर्मला शर्माको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले गृहमन्त्री लेखकलाई आज मन्त्रालयमा भेटेर यस्तो माग गरेको हो ।

प्रेस स्वतन्त्रता हननका घटनामा संलग्नलाई कानुनी कारबाही गर्न नेपाल सरकारसँग माग गरिन् ।

पत्रमा सुनसरीस्थित धरानका पत्रकार गोपाल दाहाललाई समाचार लेखेकै कारण गालीगलौज गर्ने धम्की दिने र थप समाचार लेख्नै नदिनेसम्मका हर्कत गर्नेविरुद्ध राज्यले कुनै कारबाही नगर्नुले राज्यको प्रेस स्वतन्त्रताप्रतिको दुष्टिकोणमै प्रश्न उठिरहेको उल्लेख छ ।

सो प्रतिवेदनमा धरानका मेयर हर्क साम्पाङ र उनका समर्थकले दाहाललाई समाचार लेखेकै कारण ज्यान लिनेसम्मको धम्की दिएको उल्लेख छ ।

महासंघको पत्रमा प्रेस स्वतन्त्रता हननका घटनामा संलग्न सबैलाई कानुनी दायरामा ल्याउन आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077