Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

अमेरिकी राष्ट्रपति ट्रम्प र भारतीय प्रधानमन्त्री मोदीबीच फोनवार्ता

अमेरिकी राष्ट्रपति ट्रम्प र भारतीय प्रधानमन्त्री मोदीबीच फोनवार्ता

मंगलवार , माघ १५, २०८१

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच फोनवार्ता भएको छ । उनीहरुबीच सोमबार फोनवार्ता भएको हो । सो कुराकानीलाई निकै अर्थपूर्णका साथ हेरिएको छ ।

ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा दुई नेताबीच अमेरिका र भारतबीचको सहयोगलाई सुदृढ र विस्तार गर्ने विषयमा वार्ता भएको उल्लेख छ ।

इन्डो–प्यासिफिक, मध्यपूर्व र युरोपको पछिल्लो अवस्थाबारे छलफल भएको बताइएको छ । भारतले अमेरिकामा बनेका सुरक्षा उपकरण किन्ने विषयलाई ट्रम्पले जोड दिएका बताइएको छ । आपसी हितका व्यापारिक विषयमा पनि छलफल भएको बताइएको छ ।

यसअघि प्रधानमन्त्री नरेन्द्र मोदीले ट्रम्पसँग फोनमा कुरा गरेको पुष्टि गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077