Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

पत्रकारलाई धम्की दिएको प्रमाणित गर्न पत्रकार महासंघलाई हर्क साम्पाङको चुनौती

पत्रकारलाई धम्की दिएको प्रमाणित गर्न पत्रकार महासंघलाई हर्क साम्पाङको चुनौती

मंगलवार , माघ १५, २०८१

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नेपाल पत्रकार महासंघलाई पत्रकारलाई धम्की दिएको प्रमाणित गर्न चुनौती दिएका छन्।

पत्रकार महासंघले सोमबार गृहमन्त्री रमेश लेखकलाई भेटेर सुनसरीस्थित धरानका एक जना पत्रकारलाई समाचार लेखेकै कारण गालीगलौज गरेको र धम्की दिने हर्कत भएको भन्दै कारवाहीको माग गरेको थियो ।

धरानका पत्रकार गोपाल दाहालले खोज पत्रकारिता केन्द्र (खोपके)मा 'हर्क साम्पाङको मनमौजी शासन, बेथितीको दलदलमा धरान' शीर्षकमा समाचार लेखेका थिए।

उक्त समाचार प्रकाशित भएपछि मेयर साम्पाङ र उनका समर्थकहरूले धम्की दिएको घटना आएपछि पत्रकार महासंघले यसबारे अध्ययन गर्न समिति नै गठन गरेको थियो।

महासंघको प्रतिवेदनमा धरानका मेयर हर्क साम्पाङ र उनका समर्थकले गोपाल दाहाललाई समाचार लेखेकै कारण ज्यान लिनेसम्मको धम्की दिएको उल्लेख छ।

पत्रकार महासंघले गृहमन्त्री लेखकको ध्यानाकर्षण गराएपछि मंगलबार मेयर साम्पाङले एक विज्ञप्ति जारी गर्दै कहाँ, कसरी धम्की दिएको हो प्रमाणित गर्न पत्रकार महासंघलाई चुनौति दिएका हुन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077