Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

चन्द्रागिरि–२ का वडाध्यक्ष भाइकृष्ण भ्रष्टाचारी ठहर, ६ महिना कैद

चन्द्रागिरि–२ का वडाध्यक्ष भाइकृष्ण भ्रष्टाचारी ठहर, ६ महिना कैद

मंगलवार , माघ १५, २०८१

काठमाडौं । विशेष अदालतले चन्द्रागिरि नगरपालिका–२ का वडाध्यक्ष भाइकृष्ण तामाङ भ्रष्टाचारी ठहर गरेको छ ।

विशेष अदालतका न्यायाधीशहरू अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले तामाङलाई भ्रष्टाचारी ठहर गरेको हो ।

उनले उद्योगको ठाउँसारीका लागि सिफारिस गर्न चार लाख घुस लिएका थिए । अदालतले तामाङलाई ६ महिना कैद र बिगो चार लाख कायम गरी त्यति नै जरिवाना हुने फैसला गरेको छ ।

वडाध्यक्ष तामाङले ललितपुर महानगरपालिका–२२ नख्खुमा रहेको पी थ्री प्रोडक्टस् तथा भिष्ठा आइकोनिक प्रोडक्सन प्रालिको स्थानान्तरण गरी चन्द्रागिरि–२ वसुन्डोलमा ठाउँसारी गर्न र विद्युत् जडान समेतको सिफारिस लिनका लागि बिचौलियामार्फत घुस मागेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077