Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

एन्फा महिला लिगको उपाधि एपीएफलाई

एन्फा महिला लिगको उपाधि एपीएफलाई

बुधवार , माघ १६, २०८१

काठमाडौं । एन्फा महिला लिग फुटबलको उपाधि विभागीय टोली एपीएफले जितेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार सम्पन्न खेलमा नेपाल पुलिस क्लबलाई ४–० ले पराजित गर्दै एपिएफले लिगको उपाधि जितेको हो ।

एपीएफको जितमा सबिता राना मगरले २, र सुरु लिम्बु तथा अनु लामाले समान १–१ गोल गरिन् ।

पहिलो हाफ गोलरहित बराबरीमा सक्किएको खेलको दोस्रो हाफको ६४ औं मिनेटमा सविताको गोलमार्फत एपिएफले सुरुआती अग्रता लियो ।

त्यसको ६ मिनेटपछि नै सुरु लिम्वुले अग्रता दोब्बर बनाइन् । ८४ औं मिनेटमा सविताले तेस्रो गोल गरिन् ।

इन्जुरी समयमा वैकल्पिक खेलाडी अनुले गोल गर्दै एपीएफको ४–० को जित पक्का गरिन् ।

अपराजित रहँदै च्याम्पियन बन्ने क्रममा एपीएफले पहिलो चरणको लिगमा ९ खेलमध्ये ८ मा जित र १ बराबरी गर्न सफल भयो ।

उपाधिसँगै एपीएफले नगद १० लाख प्राप्त गरेको छ । उपविजेता पुलिसले ५ लाख प्राप्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077