Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

रविविरुद्धको मुद्दामा विरोध जनाउने रास्वपाको निर्णय

रविविरुद्धको मुद्दामा विरोध जनाउने रास्वपाको निर्णय

बुधवार , माघ १६, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले संसद अधिवेशनमा रवि लामिछानेलाई सांसद पदबाट निलम्वन गरिएको विषयमा विरोध गर्ने निर्णय गरेको छ ।

रास्वपाको संसदीय दलको बैठकपछि बोल्दै पार्टीका प्रमुख सचेतक सन्तोष परियारले सो कुरा बताएका हुन्।

सरकारले राजनीतिक प्रतिसोधका आधारमा प्रतिनिधि सभा नियमावलीको विपरित राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका नेता लामिछानेलाई सम्पती शुद्धिकरण समेतको मुद्दा हालेर सांसद पद निलम्बन गरेको ठहर गरेको भन्दै संसद बैठकमा विरोध गर्ने निर्णय गरेको उनले बताए।

सभापति माथि साँधिएको राजनीतिक प्रतिशोध,सहकारी र अर्थतन्त्र,असन्तुलित परराष्ट्र नीति र सत्ता समिकरणको सात बुँदाको समेत विरोध गर्ने निर्णय गरेको बताए।

संसदको हिउँदे अधिवेशनमा जाँदा सरकारले सदनलाई छलेर अध्यादेश ल्याउने काम गरेको भन्दै अध्यादेशको अस्वीकारको प्रस्ताव गर्ने निर्णय गरेको बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077