Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

प्रचण्डलाई लक्षित गर्दै बाबुरामले भने - बेइमानबाट ठगिए, अब सहकार्य हुँदैन

प्रचण्डलाई लक्षित गर्दै बाबुरामले भने - बेइमानबाट ठगिए, अब सहकार्य हुँदैन

बुधवार , माघ १६, २०८१

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफूलाई नै सिध्याउने षड्यन्त्रमा लागेको आरोप लगाएका छन् ।

नेपाल समाजवादी विद्यार्थी युनियनको दोस्रो राष्ट्रिय महाधिवेशनमा बोल्दै अध्यक्ष भट्टराईले सो कुरा बताएका हुन्।

उनले सहकार्य गरेर गल्ति नगरेको भएपनि बेइमानहरुबाट ठगिएको टिप्पणी गरे।

भट्टराईले प्रचण्डलाई लक्षित गर्दै भने, ‘जति छोपे पनि बिरालोले म्याउँ गरिहाल्छ । उहाँले बेलाबेला म्याउँ गरिराख्नुभएको छ । बेपत्ता परिवारलाई न्याय दिन उहाँहरुसँग हामीले सहकार्य गरेका हौं, तर उनीहरु हामीलाई सिध्याउने षड्यन्त्रतिर लागे । त्यसकारण त्यो कुरा सफल नभएको हो । अहिले हामी कतै गएका छैनौं । जानेवाला छैनौं ।’

उनले पुराना राजनीतिक दलहरु सुध्रिने अवस्था नरहेको बताए । अध्यक्ष भट्टराईले पुराना राजनीतिक दलहरुसँग एकता र सहकार्य गर्ने सम्भावना नरहेको पनि बताए । भट्टराईले वैकल्पिक नयाँ शक्तिहरुसँग सहकार्य गरेर मुलुकलाई विकल्प दिनुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077