Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

आगामी चैत्र २४ गते सरकारविरुद्ध जनप्रदर्शन गर्ने समाजवादी मोर्चाको निर्णय

आगामी चैत्र २४ गते सरकारविरुद्ध जनप्रदर्शन गर्ने समाजवादी मोर्चाको निर्णय

बुधवार , माघ १६, २०८१

काठमाडौं । समाजवादी मोर्चाले आगामी चैत्र २४ गते सरकारविरुद्ध जनप्रदर्शनसहितको सभा गर्ने भएको छ ।

नेकपा (एकीकृत समाजवादी) को कार्यालय आलोकनगरमा बुधबार बसेको मोर्चाको बैठकले वर्तमान सरकारको कार्यशैली र देशमा हाल देखिएका सबै समस्याका विरुद्धमा चैत्र २४ गते जनप्रदर्शनसहितको सभा गर्ने निर्णय गरेको हो ।

बैठकले चैत्र पहिलो हप्ता मधेसमा जनप्रदर्शनसहितको कार्यक्रम गर्ने निर्णय पनि भएको बताइएको छ ।

समाजवादी मोर्चाले फागुन अन्तिमसम्म समाजवादी मोर्चाको बारेमा जानकारी गराउने उद्देश्यले समाजवादी मोर्चा प्रकाशन गर्ने निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077