Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

अखिल क्रान्तिकारीको अध्यक्षमा सापकोटा निर्वाचित

अखिल क्रान्तिकारीको अध्यक्षमा सापकोटा निर्वाचित

बुधवार , माघ १६, २०८१

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको अध्यक्षमा विजय प्रकाश सापकोटा विजयी भएका छन् ।

सापकोटाले ६८६ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी हेमन्त राईले ६१५ मत पाए ।

अध्यक्षका अर्का उमेदवार उपदेश यादवले ३१० मत पाए भने सुदिन पौडेलले १९२ मत पाए ।

यसअघि महासचिवमा रोशन थापा मगर विजयी भएका थिए । ३३ पदाधिकारी, ४८ सचिवालय सदस्य, १६२ केन्द्रीय सदस्य र तीन केन्द्रीय निकायका पदाधिकारीका लागि माघ १२ गते निर्वाचन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077