Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

माओवादी संसदीय दलको बैठक बस्दै, यस्ता छन् एजेन्डा

माओवादी संसदीय दलको बैठक बस्दै, यस्ता छन् एजेन्डा

बिहिवार , माघ १७, २०८१

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक आज बस्दैछ । सिंदरबारस्थित संसदीय दल कार्यालयमा दिउँसो १ बजे बैठक बस्न लागेको हो ।

बैठकमा मुख्यगरी शुक्रबारदेखि सुरू हुने संसद अधिवेशनबारे छलफल हुनेछ।

सरकारले ल्याएको अध्यादेश, दर्ता भएका विधेयक लगायतका विभिन्न विषयमा संसदमा प्रभावकारी उपस्थिति र प्रस्तुतिबारे आजको संसदीय दल बैठकमा छलफल हुने बताइएको छ ।

माओवादीले सरकारले संसद छलेर अध्यादेश ल्याउनु गलत भएको निष्कर्ष निकाल्दै संसदमा जोडदार रूपमा कुरा राख्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077