Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

प्रधानमन्त्री ओलीले दिए सोनाम ल्होसारको शुभकामना

प्रधानमन्त्री ओलीले दिए सोनाम ल्होसारको शुभकामना

बिहिवार , माघ १७, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोनाम ल्होसार, २०८१ का अवसरमा शुभकामना दिएका छन् । तामाङ समुदायको नयाँ वर्ष, अर्थात् सोनाम ल्होसारको उनले सामाजिक सञ्जालमार्फत शुभकामना दिएका हुन् ।

उनले लेखेका छन्, ‘आज तामाङ समुदायको नयाँ वर्ष, अर्थात् सोनाम ल्होसार ! सोनाम ल्होसार आउँदा घरका छाना र डाँडामा बनाइएका मानेमाथि राता, सेता, पहेँला, नीला र हरिया ध्वजा फरफराएको सम्झना आउँछ। यस अवसरमा डम्फु बजाएर गाइने सेलो नेपाली लोक संगीतको एउटा महत्त्वपूर्ण विधा हो ।’

प्रधानमन्त्री ओलीले थपे, ‘हाम्रो सुन्दर पर्व सोनाम ल्होसारको अवसरमा झाम्मान् (सबै) नानाआङा (दिदीबहिनी) तथा ज्योज्योआले (दाजुभाइ)हरूमा हार्दिक शुभकामना ! ल्हास्सो, फ्याफुल्ला’ ।

सोनाम ल्होसार पर्वमा तामाङ समुदायले कुल पूजा, प्रकृति पूजा र बुद्धका सन्देशको स्मरण गर्नाका साथै आफन्तजन भेला भई मनोरञ्जन गर्दै आपसमा खुसी आदानप्रदान गर्ने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077