Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

विशाल लक्ष्य पछ्याएको नेपाल नेदरल्यान्ड्ससँग २० रनले पराजित

विशाल लक्ष्य पछ्याएको नेपाल नेदरल्यान्ड्ससँग २० रनले पराजित

बिहिवार , माघ १७, २०८१

काठमाडौं । त्रिकोणात्मक महिला टी-२० शृंखलामा नेपाल नेदरल्यान्ड्ससँग पराजित भएको छ ।

त्रिवि क्रिकेट मैदानमा १५८ रनको विशाल लक्ष्य पछ्याएको नेपाल २० रनले पराजित भएको हो।

नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाई १ सय ५७ रन बनाएको थियो । नेदरल्याण्ड्सले दिएको १५८ रनको बलियो लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १३७ रन मात्र बनाउन सक्यो।

नेपालका लागि सिता रानामगरले सर्वाधिक २८ रन बनाइन् । ४५ बलको सामना गरेकी सिताले ३ चौका प्रहार गरिन् ।

त्यस्तै कविता जोशीले २७ तथा पुजा महतोले २४ रन बनाइन्। नेदरल्याण्ड्सका लागि इभा लिन्च र क्यारोलिन डे लाङले २/२ विकेट लिए ।

आइरिस विलिङ र फ्रेडरिक ओभरडाइकले १/१ विकेट लिए।त्यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले २० ओभरमा ४ विकेट गुमाएर १५७ रन बनाएको थियो।

नेदरल्याण्ड्सका लागि रोबिन रिकेले अविजित अर्धशतकीय पारी खेलिन् । उनले ४८ बलमा ८ चौकासहित ५९ रन बनाइन् ।

त्यस्तै आइरिस विलिङले १३ बलमा ३१ रनको फिनिसिङ पारी खेलिन् । नेपालका लागि कविता कुँवर, पुजा महतो, सिता राना मगर र ईश्वरी विष्टले एक/एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077