Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

त्रिदेशीय महिला क्रिकेट : आज नेदरल्यान्ड्स र थाइल्याण्ड खेल्दै

त्रिदेशीय महिला क्रिकेट : आज नेदरल्यान्ड्स र थाइल्याण्ड खेल्दै

शुक्रवार , माघ १८, २०८१

काठमाडौं । त्रिकोणात्मक महिला टी-२० श्रृङ्खलामा आज नेदरल्याण्ड्स र थाइल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ ।

नेपाल क्रिकेट संघ क्यानको आयोजनामा बिहीबार शुरु भएको प्रतियोगिताको दोस्रो खेलमा यी दुई टोली भिड्न लागेका हुन् ।

खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दिउँसो सवा १२ बजे शुरु हुनेछ । नेदरल्याण्ड्सको महिला टोली आज लगातार दोस्रो जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रिँदा थाइल्याण्ड विजयी सुरुवात गर्ने लक्ष्यमा हुनेछ ।

नेदरल्याण्ड्सले पहिलो खेलमा हिजो नेपाललाई २० रनले पराजित गरेको थियो । प्रतियोगिता माघ २५ गतेसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077