Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एलिना चौहानद्धारा पतिविरूद्ध सम्बन्धविच्छेद मुद्दा दायर

एलिना चौहानद्धारा पतिविरूद्ध सम्बन्धविच्छेद मुद्दा दायर

शुक्रवार , माघ १८, २०८१

काठमाडौं । गायिका एलिना चौहानले सम्बन्धविच्छेद मुद्दा दायर गरेकी छन् ।

काठमाडौं जिल्ला अदालतमा गायिका चौहानले पति विष्णु सापकोटालाई विपक्षी बनाएर सम्बन्धविच्छेद मुद्दा दायर गरेकी हुन्।

झापाकी एलिना र बागलुङका विष्णुले गत वैशाखमा विवाह गरेका थिए। एलिनाका पति अस्ट्रेलियामा व्यवसाय गर्दै आएका छन्।

विवाहपछि पतिसँगै अस्ट्रेलिया गएकी एलिना दसैंअघि नेपाल फर्किएकी थिइन्।

उनले माना चामल र अंश हक दाबी छोडेर सम्बन्धविच्छेद मात्रै गरी पाउ भन्दै अदालतमा सम्बन्धविच्छेदको मुद्दा दायर गरेकी छिन्।

पतिले अनेक शंका-उपशंका गरेको र चरित्रमाथि नै प्रश्न उठाएको उनको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077