Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

अर्जुन ट्रफी शनिबारदेखि, उद्घाटन खेलमा धनगढी र डडेल्धुरा भिड्ने

अर्जुन ट्रफी शनिबारदेखि, उद्घाटन खेलमा धनगढी र डडेल्धुरा भिड्ने

शुक्रवार , माघ १८, २०८१

कैलाली । क्रिकेटको शहर धनगढीमा शनिबारदेखि सुरु हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताको तयारी पुरा भएको छ ।

आयोजक गो ड्रिमर्सले शुक्रबार धनगढी स्थित फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानमा पत्रकार सम्मेलनको आयोजना गर्दै सम्पुर्ण तयारी सकिएको जानकारी दिईएको हो ।

नेपाल क्रिकेट संघको बार्षिक क्यालेण्डरमा समावेश भएको प्रतियोगिता माघ २८ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताका खेलहरु धनगढी स्थित फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानमा हुनेछन् ।

धनगढी र सुदुरपश्चिम प्रदेशको क्रिकेटका सारथी रहेका स्वर्गीय अर्जुन खड्कालाई समर्पित गर्दै आयोजना गर्न लागिएको प्रतियोगिताको तयारी पुरा भएर उद्घाटनका लागि तयारी अवस्थामा बसेको गो ड्रिमर्सका अध्यक्ष सुवाश बी शाहीले जानकारी दिए ।

‘प्रतियोगिताका खेलहरु खेल्नका लागि फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानमा चार वटा पिच निर्माण गरिएका छन् भने मैदानमा दर्शकहरुलाई बस्नका लागि कृतिम प्याराफिट पनि जडान गरिएको छ,’ अध्यक्ष शाहीले भने,'अन्य सम्पुर्ण तयारी पनि सकिएका छन् । व्यवस्थापनका सम्पुर्ण कामहरु पनि पुरा भएका छन् । प्रतियोगिता उद्घाटनको पर्खाईमा रहेका छौं ।’

प्रतियोगिताको उद्घाटन सुदुरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री मेघराज खड्काले गर्नेछन् । उद्घाटन समारोहमा गायक चक्र बमको सांगितिक प्रस्तुती पनि रहनेछ ।

उद्घाटन खेलमा धनगढी र डडेल्धुरा भिड्ने

शनिबार हुने उद्घाटन खेलमा धनगढी र डडेल्धुरा भिड्ने भएका छन् । डिसिए धनगढी र फेण्ड्स क्लब डडेल्धुरा बीचको खेल दिउँसो सवा १२ बजे सुरु हुनेछ । उद्घाटन खेलमा नै महाभिडन्त हुने भएको छ ।

डिसिए धनगढीबाट नेपाली क्रिकेट टोलीका सदस्य ललील राजवंशी, लोकेश बम, नारायण जोशी, अमितश्रेष्ठ लगायतका खेलाडीहरु मैदान उर्तिने छन् । फेण्ड्स क्लब डडेल्धुराबाट नेपाली क्रिकेट टोलीका सदस्य कुशल भुर्तेल, सन्दीप जोरा, विनोद भण्डारी, हेमन्त धामी लगायतका खेलाडीले खेल्नेछन् ।

समुह ए मा रहेका दुबै टोली जितबाट प्रतियोगिताको सुरुवात गर्ने पक्षमा रहेका छन् । प्रतियोगितामा देशभरका ८ वटा क्लबका टीमहरुको सहभागीता रहेको छ ।

दुई समुहमा विभाजन गर्दै लिगकम नकाउटका आधारमा आयोजना हुने प्रतियोगिताको समुह ए मा डिसिए धनगढी, फेण्ड्स युथ क्लब डडेल्धुरा, घोडाघोडी–११ सुख्खड र बोष्टन क्रिकेट झापा रहेका छन् ।

यस्तै समुह बी मा सिवाईसी अत्तरिया, क्रिकेट एक्सिलेन्स सेन्टर काठमाण्डौं, न्यु होराईजन वुटवल र दशरथ चन्द एकेडेमी बैतडी रहेका छन् ।

अर्जुन ट्रफीमा झण्डै २० लाख नगद पुरस्कार प्रदान गरिनेछ । रनिङ ट्रफीको रुपमा टी–२० प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले नगद ५ लाख सहित ट्रफी पाउनेछन् ।

प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई नगद एक लाख प्रदान गरिनेछ । उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदयमान खेलाडीले जनही ५०÷५० हजार पाउनेछन । प्रत्येक खेलका म्यान अफ द म्याचलाई नगद १० हजार प्रदान गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077