Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

त्रिकोणात्मक टी–२० शृङ्खला : थाइल्याण्डविरूद्ध पहिले ब्याटिङ गर्दै नेपाल

त्रिकोणात्मक टी–२० शृङ्खला : थाइल्याण्डविरूद्ध पहिले ब्याटिङ गर्दै नेपाल

शनिवार , माघ १९, २०८१

काठमाडौं । त्रिदेशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको दोस्रो खेलमा नेपालले थाइल्याण्डविरुद्ध ब्याटिङ गर्ने भएको छ ।

नेपालकी कप्तान इन्दु बर्माले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेकी हुन् । नेपालले पहिलो खेलबाट एक परिवर्तन गरेको छ ।

मिडियम पेस बलर ईश्वरी विष्टको स्थानमा ब्याटर ममता चौधरी टिममा आएकी छन् ।

नेपाल पहिलो खेलमा नेदरल्याण्ड्ससँग पराजित भएको थियो । थाइल्याण्डले आफ्नो पहिलो खेलमा नेदरल्याण्ड्सलाई हराएको थियो ।

शृंखलामा सबै टोलीले एकअर्कासँग ३/३ खेल खेल्ने छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077